तिलोत्तमा गोल्ड कपः दाफिन्स क्यामरुनका सामु झापा ११ स्तब्ध



यमलाल भुसाल, बुटवल ।
बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कप फूटवलमा झापा ११ लाई स्तब्ध बनाउँदै पाहुना टोली दाफिन्स एफसी क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा शुन्यका विरुद्ध ५ गोल गरेको थियो ।

यस वर्षको पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा गोल्ड कप उपाधि चुमेको क्यामरुनका सामु झापाको प्रदर्शन कमजोर देखिएको थियो । कडा प्रतिस्पर्धामा उत्रेको क्यामरुनका सामु बल समेत नियन्त्रणमा राख्न नसक्दा झापा शुन्यमै सिमित हुन पुगेको हो ।

पहिलो हाफमा १ गोलको अग्रता लिएको क्यामरुनले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । पहिलो हाफको २७ औं मिनेटमा बियिक वियिकको पासमा यानिकले हेडिङ् मार्फत पहिलो गोल गरेर टिमलाई अग्रता प्रदान गरेका थिए । पहिलो हाफमा अग्रता कायम गरेर उत्साहित भएको क्यामरुनको तर्फबाट दोस्रो हाफको ५ औं मिनेटमा पेटाङ्ले दोस्रो गोल गरेका थिए । दोस्रो हाफको १६ औं मिनेटमा झापा ११ का पुजन उपरकोटीलाई घाईते बनाएका क्यामरुनका औरेल इनाम डवल एल्लोसंगै खेलबाट बाहिरिएका थिए ।

दुई गोलले अग्रता लिएसंगै १० खेलाडिमा सिमित बनेको क्यामरुनले बाँकी सयमा थप तीन गोलको योगदान गरेको थियो । खेलको २८ औं मिनेटमा विपक्षि किपर अंगाडी बढेको मौका छोपी नियाले गोल गरेका थिए भने ३० औं मिनेटमा डिडेर टिना र ४२ औं मिनेटमा मैदानको मध्येभागबाट बियिक वियिकले गरेको लङ् प्रहारले सिधै जाली चुमेको थियो ।

क्यामरुनको क्वाटर फाईनलको जितसंगै सेमिफाईनलमा आयोजक लाली रुपन्देही ११ संग शुक्रबार प्रतिस्पर्धा गर्ने छ । आज बिहिबार समुह ‘ख’ बाट संकटालाई पाखा लगाएको च्यासल युथ क्वल र यस वर्षको लिग विजेता मनाङ् मस्र्याङ्दी क्लव बिच हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ ।

बुधबारको खेलमा क्यामरुनका बियिक वियिक म्यान अफ द म्याच भएका छन् । उनलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्