अख्तियार कार्यालय अगाडि विवेकशील साझा पार्टीको प्रर्दशनः ३० जना भन्दा बढी कार्यकर्ता समातिए



नेपाल समाचारपत्र, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडि प्रर्दशन गरिरहेको विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बढ्दो भ्रष्टाचार र बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विवेकशील साझाले ३० जना भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्