विभिन्न मन्त्रालयका ६ सचिवको सरुवा, को कहाँ ?



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको छ ।

सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ भने एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्