बुलबुलको दृश्य सार्वजनिक



बुलबुलले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ। सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुसालको फोन संवाद समेटिएको छ। झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महŒवपँर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए।

फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताउँछन्। ‘यो दृश्यले प्रेमको आशक्ति र मनोदशालाई सँक्ष्म ढंगले अभिव्यक्त गर्दछु’, पौडेलले भने– ‘यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो। फिल्म हेर्ने धेरैले यो दृश्यलाई फिल्मको मुटु भएको र धेरैले आफँ पनि नोस्टाल्जिक भएको प्रतिक्रिया दिएका छन्। दृश्यले फिल्म कुन सोच र सेटिङमा बनेको छ भन्ने कुरा पनि बताउँछ।’ अहिलेसम्म फिल्म नहेरेका दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगर गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर भन्न सकिने पनि पौडेलले बताए।

गत शुक्रबारबाट प्रदर्शन थालेको फिल्मले सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइनमा उत्कृष्ट समीक्षा पाइरहेको छ। निर्माता अविरल थापाले फिल्मको व्यापार दिन प्रतिदिन बढ्दै गएको बताएका छन्। ‘शनिबार लगभग शतप्रतिशत र बाँकी दिनमा ४० देखि ५० प्रतिशतको हिसाबले फिल्मले दर्शक पाइरहेको छ। यो आँकडा हाम्रो अनुमानअनुरूप नै छ।’ –थापाले भने।

प्रतिक्रिया दिनुहोस्