आयुष्काको अर्को गीत सार्वजनिक



जुन त लाग्यो ताराले बोलको कभर सङ गाएर चर्चामा आएकी बाल गायिका आयुष्का खनियाको अर्को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

देशभित्र रहेनी बोलको उक्त गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ। रेडियो अडियोको प्रस्तुति रहेको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत मंगलबार आयुष्का खनियाकै आधिकारीक युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो। ललितपुरको गोदावारीमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गरेका छन्।

सुमनसागर जंग केसीको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन्। गीतमा सम्पादन सुरेश राउतको रहेको छ। गीतमा गायिका आयुष्का खनियासहित बि मानव आर्ट स्टुडियोका बालबालिकाको अभिनय रहेको छ। यसअघि आयुष्काले गायक अलमोडा राना उप्रेतीसँग मिलेर जुन त लाग्यो ताराले बोलको कभर गीत गाएकी थिइन्। सो गीतले युट्युबमा करिब ५० लाख भ्युज पाएको छ।

प्रतिक्रिया दिनुहोस्