आमाका कारण ट्विन टावर हमलामा माइकल ज्याक्सन बचे



लन्डन (एजेन्सी)
सन् २००१ सेप्टेम्बर ९ मा अमेरिकाको न्युयोर्क सहर स्थित ट्विन टावर माथि उग्रवादीहरुले अपहरित विमान ठोक्काएर गरेको भिषण आक्रमणले सम्पुर्ण विश्वलाई स्तब्ध पारेको थियो । यस घटनामा करिब ३ हजार मारिएका थिए । तर यस हमलामा प्रख्यात लोकप्रिय दिवंगत पप गायक माइकल ज्याक्सन भने बाँच्न सफल खुलासा भएको छ ।

ट्विन टावर्समा हमला भएको दिन सेप्टेम्बर ९ मा माइकल ज्याक्सन एक बैठकमा सहभागी हुने कार्यक्रम थियो । उक्त बैठकमा सहभागी हुन माइकल ज्याक्सनका कर्मचारी तयार थिए । तर ज्याक्सन त्यो विहान निन्द्राबाट उठन ढिलो भयो । यसै क्रममा ट्विन टावर्समा हमला भयो र उनी बालबाल बचे ।
जर्मेन ज्याक्सनले लेखेको जीवनीमा सेप्टेम्बर ८ को राती माइकल ज्याक्सनले आमा क्याथरिनसँग राती अबेरसम्म कुराकानी गरेका थिए । त्यसैले ज्याक्सन विहान ढिलासम्म सुतिरहेका थिए ।

आक्रमणको बारेमा थाहा पाएपछि आफनी आमासँग कुरा गर्दै माइकलले भनेका थिए, आमा म ठीक छु । तपाईलाई धन्यवाद । तपाई मसँग राती अबेरसम्म कुरा गरिरहनु भएको थियो । त्यसले विहान ढिलोसम्म सुतिरहेँ र बैठकमा जान सकिन ।

त्यतिबेला माइकल ज्याक्सनको ज्यान विश्वको सबैभन्दा ठुलो आतंकवादी हमलाबाट बचेको थियो । तर सन् २००९ मा ५० बर्षको उमेरमा माइकल ज्याक्सन ह्र्दयघातबाट निधन भयो ।

प्रतिक्रिया दिनुहोस्