पक्राउ परेका इस्लामिक लडाकुलाई युरोपले लग्नु पर्छ: ट्रम्प



In this Monday, Dec. 17, 2012 photo, Syrian rebels attend a training session in Maaret Ikhwan, near Idlib, Syria.The new Syrian rebel chief, a defected army general who spent months in exile, says he has begun operating inside Syria to unite autonomous anti-regime militias for what he hopes will be the final push against President Bashar Assad. Muhammed Muheisen/AP

वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत र युरोपका आफना अन्य मित्र देशहरुलाई सिरियामा इस्लामिक कट्टरपन्थी संगठन इस्लामिक स्टेट विरुद्ध लडाईका क्रममा पक्राउ परेका ८ सय लडाकुलाई आआफनो देश लिएर जान र उनीहरुमाथि मुद्दा चलाउन भनेका छन् ।

एक ट्विटमा उनले भेने, इस्लामिक स्टेटका यी लडाकु युरोपका देशहरुमा जान सक्छन् र अमेरिकाले त्यसतो चाहेको छैन ।

ट्रम्पले भने, हामीले यस लडाईमा धेरै काम गरिरहेका छौं, यति धेरै पैसा खर्च गरेका छौं । अब समय आएको छ, अन्य देश पनि अगाडी आउनु पर्छ र जे उसले गर्न सक्छ, त्यसको जिम्मेवारी लिनु पर्छ ।

उनको यो ट्विट त्यसतो बेला आएको हो जब अमेरिका समर्थित कुर्द लडाकु सिरियासँग जोडिएको इराकी सीमा नजिकै इस्लामिक स्टेटको अन्तिम गढबाट उनलाई लखेट्ने प्रयास गरिरहेका छन् । उक्त संघर्षमा पक्राउ परेका इस्लामिक स्टेटका लडाकु अहिले कुर्द नेतृत्वको सेनाको कब्जामा छन् ।
ट्रम्पले ट्विटमा इस्लामिक स्टेटका खलिफाको राज अब अन्त्य हुन लागेको उल्लेख गरे । यदि युरोपका देशले यसतो नगर्ने हो भने अमेरिकामा पक्राउ परेका ती लडाकुहरुलाई छोड्न बाध्य हुने उनले बताएको छ ।


आइतबार ट्रम्प प्रशासनका अधिकारीहरुले पक्राउ परेका केही लडाकुहरु विरुद्ध मुद्दा चलाउन जरुरी भएको अन्यथा उनीहरु युरोपेली देशका लागि खतरा बन्न सक्ने सन्डे टेलिग्राफलाई बताएका थिए । यसअघि शुक्रबार बेलायतको विदेश गुप्तचर विभागका प्रमुखले सिरियामा सेनासँग हारेपछि अब इस्लामिक स्टेटका लडाकु पुन एकजुट हुने प्रयास गरिरहेको बताएका थिए ।

जिहादी युरोप फर्कने र धेरै खतरनाक दक्षता र जानकारी सहित फर्कनेमा अलेक्स यंगरले चिन्ता ब्यक्त गरेका थिए । गत शुक्रबार राष्ट्रपति ट्रम्पले अर्को चौबिस घण्टामा इस्लामिक स्टेट पराजित भइसकेको महत्वपुर्ण घोषणा हुने बताएका थिए । तर समय बितिसक्दा पनि ह्वाइट हाउसका तर्फबाट अहिलेसम्म त्यसतो कुनै घोषणा गरेको छैन ।

यसबीच हालै मात्र इस्लामिक स्टेटको कब्जामा रहेका बाँकी इलाकामाथि कारवाही तिब्र पार्ने क्रममा इराकको पश्चिम प्रान्तबाट उक्त संगठनका १ सय ८६ जिहादीलाई पक्राउ गरिएका छन् । बग्दादको उक्त कारवाहीका प्रवक्ता सादमानले हिरासतमा लिइएका लडाकुहरुले आआफनो बयानमा हस्ताक्षर गरेको जानकारी दिए । ती जिहादीले अल बन निम्र जनजातीका नागरिकको हत्या गरेका थिए । उक्त उग्रवादीका समुहमा संमावेश बन्न अस्विकार गरेपछि उनीहरुको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्