मुश्लिम ठानेर सिख माथि हमला



लस एन्जेल्स , ( एजेन्सी)
अमेरिकाको क्यालिफोर्नियाका एकजना पुरुषलाई त्यहाँको ७ – ११ नामक एउटा रेस्टुरेन्टका सिख कर्मचारीमाथि तातो कफि छ्यापेको र उनलाई मुक्का हानेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

उनी विरुद्ध घृणा अपराधको अभियोग लगाइएको छ । सिसिटिभीको फुटेजमा बुधवार बिहान उक्त रेस्टुरेन्टको बाहिरिने ढोका नजिक जोह्न क्रेन नामक ति युवकले ति कर्मचारी माथि आक्रमण गरेको देखिन्छ । दि साक्रामानटो बि अखवारले ति कर्मचारीले मेरिजभिल्ले प्रहरी विभागलाई क्रेनले कफिको पैसा नटिरी जान लागेको बयान दिएको जनाएको छ ।

बिकै अनुसार क्रेनले पछि प्रहरी समक्ष अपराध कवुल गर्दै आफुलाई मुश्लिमहरु प्रति घृणा लाग्ने गरेको बताएका थिए । तर स्थानिय न्युज स्टेसन सिबिएस१३ ले ति पिडित मुश्लिम नभई सिख भएको पुष्टि गरेको छ ।
प्रहरीले उनलाई कफीले पालेको तथा मुक्काको कारण उनको अनुहारमा निलडाम रहेको जनाएको छ । स्थानिय मुश्लिम तथा सिख संग संगठनले यसको आक्रमणको कडा भत्सर्ना गरेका छन् । क्रेन विरुद्ध चोरी प्रयासको समेत अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्