टम्पलाई सदनबाट झट्का



वासिंगटन (एजेन्सी)
अमेरिकी सांसदहरुले राष्टपति डोनाल्ड टम्प र साउदी अरेबियाबीचको गठबन्धनलाई कमजोर पार्दै यमनमा उक्त खाडी देशको युद्ध प्रयासमा अमेरिकाको संलग्नता अन्त्य गर्ने पक्षमा मतदान गरेका छन् ।

अमेरिकी सदनले उक्त ऐतिहासिक विधेयकलाई १ सय ७७ मत विरुद्ध २ सय ४८ मतले पारीत गरेको छ । यस कानुनले राष्टपतिलाई ३० दिन भित्र यमनबाट अमेरिकी शसस्त्र बल हटाउनु पर्नेछ । यमनमा बर्षौं देखि चलिरहेको संघर्षमा हजारौं नागरिकले ज्यान गुमाइसकेका छन् । यस विधेयकको पक्षमा १८जना रिपब्लिकन सांसदले पनि डेमोक्र्याटसलाई साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्