पाक क्रिकेटरको तस्वीर हटाइयो



नयाँ दिल्ली, (एजेन्सी)
पुलवामा आक्रमणपछि पाकिस्तानी क्रिकेटरहरुको तस्वीर भारतका स्टेडियममा हटाइएको छ । साथै क्रिकेट क्लबमा तस्वीरलाई छोपेका छन् भने केही क्बलले तस्वीर हटाएका छन् । यसमा पाकिस्तनका प्रधानमन्त्री इमरान खानको तस्वीर समेत हटाइएको भारतीय संचार माध्यमले जनाएका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सो कार्यप्रति खेद प्रकट गरेको छ । पीसीबीका प्रबन्ध निर्देशक वसीम खानले खेलले सँधै राजनीतिक तनाव कम गर्ने काम गर्छ । उनले अर्को महिनामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकमा सो मामिलाको मुद्दा उठाउने समेत बताए ।

इमरानको तस्वीर क्रिकेट क्लब अफ इन्डियाले ब्रेबार्न स्टेडियमस्थित आफनो मुख्यालयमा छोपिएको छ । पुलावामामा आक्रमणकोविरुद्ध विरोध जनाउँदै पन्जाब क्रिकेट संघ (पीसीए) ले मोहालीस्थित आईएस बिन्द्रा स्टेडियममा रहेका पाकिस्तानी खेलाडीका तस्वीर हटाइएको छ । पीसीएसँगै राजस्थान क्रिकेट संघ (आरसीए) ले पनि पाक क्रिकेटरहरुको तस्वीर जयपुरको सवाई मानसिंह स्टेडियमबाट हटाइदिएको छ ।

त्यस्तै हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) ले नि पाकिस्तानको हरेक यादलाई हटाइदिएको छ । धर्मशाला क्रिकेट स्टेडियममा भारत र पाकिस्तानबीच एक पटक खेल भएको थियो । सोही दौरान लिएको तस्वीर सो स्टेडियमबाट हटाएको छ ।

२००५ मा सो स्टेडियममा भारत र पाकिस्तानबीच म्याच भएपछि पाकिस्तानी क्रिकेटरहरुको तस्वीर पनि स्मरणीयको लागि राखिएको थियो । जसमा इमरान खान, इन्जामम उल हक, सहिद अफरीदी, शोएब अख्तर र वसिम अकरम जस्ता दिग्गज खेलाडीहरु धर्मशाला पुगेका थिए । उनीहरुले स्टेडियमको प्रशंसा पनि गरेका थिए र केही तस्वीर पनि खिचिएका थिए ।

खेलपछि स्टेडियमको प्रशासनिक कार्यालया र मुख्य रुपमा संग्रहालयमा पाकिस्तानको सो म्याचका कयौं तस्वीर राखिएको थियोे । एचपीसीएका महाप्रबन्धक कर्नल मिन्हासले बताए — हाम्रा लागि राष्ट्र प्रेम पहिला आउँछ त्यसपछि खेल आउँछ । आतंकी गर्ने पाकिस्तानको केही पनि स्मरणीय क्षणहरु स्टेडियममा राखिँदैन ।

प्रतिक्रिया दिनुहोस्