एकलब्य र ग्लोबल क्वाटरफाइनलमा



काठमाडौं, (नेस)
एकलब्य र ग्लोबल पब्लिक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा एकलब्यले अक्षरिकालाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित ४० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । सरोज अधिकारीले खेलको दोश्रो मिनेटमा एकलब्यलाई १–० को अग्रता दिलाएका थिए ।

१४ औ मिनेटमा अक्षरिकाका रोहन मगरले बराबरी गोल फर्काएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । अक्षरिकाका रोहन मगर ‘म्यान अफ द म्याच’ घोषित भए । ग्लोबलले न्यु स्टार पोललाई २–० गोलले हरायो । ग्लोबलका निराजन कार्की र सुमित अधिकारीले गोल गरे । न्यु स्टारका सागर गिरी ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्