क्याम्ब्रिजलाई माफ भलिबल उपाधि



काठमाडौं, (नेस)
क्याम्ब्रिज पब्लिक स्कुलले दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

हाडीगाउँस्थित एड्भान्स स्कुलमा भएको फाइनलमा क्याम्ब्रिजले एड्भान्सलाई २५–२१, २३–२५ र २५–१३ को सेटमा पराजित ग¥यो । माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेश्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले लाइसियम मोडेललाई २५–२१ र २५–२२ को सोझो सेटमा हरायो ।

विजेतालाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, माफका अध्यक्ष राजन आचार्य, एड्भान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा उपाध्यक्ष मास्के र विज किड्सका प्रिन्सिपल राजेश खरेलले खेलाडीको प्रदर्शनबाट प्रभावित भएर तीन खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेका थिए । क्याम्ब्रिजका निराजन बस्नेत र एड्भान्सका सञ्जय खत्री तथा एड्भान्सका अतिला शेर्पालाई नगद पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्