पानी नै उस्तो



पाठक होइन, ‘पा ठग’ अर्थात् पाउँदा सोझै ठग । अब नपत्याएर भो त अख्तियार आयुक्त पाठकले सोझै ठगेपछि । रक्षक नै भक्षक भएसी अख्तियार पनि उस्तै अखडा रैछ भन्नेहरुको लर्को सहर बजार अनि सामाजिक सञ्जालले जोडेका बजारभरी छ्याप छ्याप्ती छ ।

घुसिया पा ठगबारे अब छानविन हुने भएछ । अख्तियार आफैले छानविन गर्ने रे, छानविन नतिजा ‘दूधको दूध पानीको पानी’ होला र भन्नेहरु ह्वात्तै बढ्या छन् । खैं यो मुलुकको हावा पानी नै उस्तो होला धरहरालाई यस्तै लाग्न थाल्या छ भन्या । गत वर्ष उत्कृष्ट भनेर पुरस्कृत गरिएका कर्मचारी यो वर्ष घुस सहित पक्राउ पर्छन् ।

कञ्चनपुरको बेलौरी नगरका सब इन्जिनियर हृदयराज बजगाईँ ६० हजार घुस सहित रंगेहात पक्राउ प¥या खवर गाईँगुईँ मात्रै होइन्, सवत्र फैलिया छ । अख्तियार कार्यालय कञ्चनपुरले आइतवार उनलाई पक्राउ गरेसी को हृदयको हृदयले गत वर्षको सम्मानपत्र र दोसल्लालाई सोझै तिलाञ्जली दिएको बुझियो । फरक यति छ, यता अख्यितारले आफ्नै यारमाथि छानविन गर्ने उता अख्तियारले हृदयलाई हृदय छ्याछ्या पार्ने ।

मेलम्ची पनि घुसले फासफुस बनाएको चर्चा छ । त्यहाँ अख्तियार कहिले पुग्ने हो ? यसरी घुसले हरेकलाई चुस्ने भएसी ह्याँको पानी नै उस्तो हैन र पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्