नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेला आज: शीर्ष नेताको सम्बोधन



धनगडी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश स्तरीय कार्यकर्ता भेला आज हुँदैछ । पार्टी एकता भएपछि प्रदेशस्तरीय पहिलो कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका अध्यक्षसहित शीर्ष नेता मंगलवार साँझ धनगढी आइसक्नुभएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारी कार्यक्रमका लागि डडेल्धुरा हुँदै डोटी पुग्नुभएका प्रधानमन्त्री ओली, उहाँसँगै रहनुभएका महासचिव पौडेल, उर्जामन्त्री वर्षमान पुन, भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठलगायत नेताहरु धनगढी आइपुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्