युनाइटेड क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडले एफए कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
सोमबार राति भएको उक्त खेलमा युनाइटेडले चेल्सीलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । उक्त जितसँगै युनाइटेड प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको ३१ हौं मिनेटमा पोग्बाको पासमा आन्द्रेस हरेराले गोल गर्दै युनाइटेडलाई अगाडी बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा मार्कस रास्फर्डको क्रसमा पोग्बाले हेडमार्फत् गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

घरेलु टोली चेल्सीले खेलको सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको हो । युनाइटेडले अब क्वाटरफाइनलमा वुल्भसको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्