लुम्बिनी विकास बैंकद्वारा इनेवल नेपाललाई आर्थिक सहयोग



 

काठमाडौं, (नेस)
लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिनामंगलस्थित इनेवल नेपालद्वारा सञ्चालित कुहिनाभन्दा तलको हात नभएका १६ वर्ष मुनिका बालबालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशँल्क वितरण गर्न सहयोग गरेकोे छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृती नरेशसिंह बोहरा तथा मुख्य व्यवस्थापक हरिकृष्ण सुवेदीले संयुक्त रुपमा इनेवल नेपालका अध्यक्ष सँरेन्द्र श्रेष्ठलाई एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्