सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख प्रदान



काठमाडौं, (नेस)
सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई एक लाख रुपियाँ हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताउनुभयो ।

सिभिल बैंकले स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पाँचखालमा सञ्चालितसमाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पँर्ण खर्च बैंकले विगत ८ वर्षदेखि ब्योहोर्दै आइरहेको छ । यस बाल विकास समाजलाई पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्