हिमालयन बैंकद्वारा बीमा रकम प्रदान



काठमाडौं, (नेस)
हिमालयन बैंक कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी गीता खनाललाई उक्त खाताको दुर्घटना मृत्यु बीमावापत प्राप्त भएको पाँच लाख रुपियाँ हस्तान्तरण गरेको छ ।

बैंकले आफ्ना सबै खातावालाहरुको पाँच लाख रुपियाँसम्मको निःशुल्क दुर्घटना मृत्यु बीमा गरिदिएको हुन्छ ।
बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारी तथा शिखर इन्स्योरेन्सका प्रतिनिधिको उपस्थितीमा मृतककी गीता खनाललाई हस्तान्तरण गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्