मौसममा सुधार : देशका अधिकाशं ठाउँमा घाम ला



काठमाडौँ । काठमाडौँसहित मध्य र पूर्वका धेरै ठाउँमा आज घाम लाग्ने मौसम विभागले जनाएको छ ।

विभागका अनुसार अनुसार आज पश्चिम र मध्य क्षेत्रको थोरै पहाडी भेगमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सफा हुनेछ ।

पूर्व र मध्य क्षेत्रको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ । अहिले कमजोर रहेको पश्चिमी वायु रातिदेखि सक्रिय हुने देखिएकाले पश्चिमको मौसम भोलि बदली हुने देखिएको हो ।

तर काठमाडौँसहित मध्य र पूर्वको मौसम भने एकदुई दिन सफा हुने मौसमविद्ले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्