बागलुङ पर्वत र म्याग्दीका कारागार गाभ्ने तयारी



सिर्जना पन्त, बागलुङ
बागलुङ, पर्वत र म्याग्दीका कारागारको क्षमता विस्तारको लागि बागलुङबाट पहल थालिएको छ । थोरै क्षमता भएका कारागारमा तोकिएका भन्दा बढि कैदी बन्दीहरु राख्दा समस्या उत्पन्न भएको भन्दैं बागलुङका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको पहलमा तिन जिल्लाका कारागारलाई गाभेर कैदी बन्दीहरुको व्यवस्थापनको पहल थालिएको हो ।

बागलुङ्गका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षतामा बागलुङ्ग पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको सोमबार बागलुङ्गमा बसेको बैठकले तिनवटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङ्गमा महिला बन्दी गृह र म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दी गृह बनाउने निर्णय गरेको छ । यो निर्णय गृहमन्त्रालय र कारागार बिभागमा पठाईने र अनुमति प्राप्त भएपछि कार्यान्वयन तर्फ लैजाने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए । बागलुङ्गलाई महिला बन्दीगृहको रुपमा बिकास गर्दा ५० जना क्षमताको निर्माण हुने प्रमुख जिल्ला अधिकारी खरेलको भनाई छ ।

२५ जनाको क्षमता रहेको ‘घ’ श्रेष्णीको जिल्ला कारागार बागलुङमा हाल ९५ जना पुरुष १४ जना महिला र एक जना नावालिका गरी १ सय १० जना कैदी बन्दी रहेको कारागारका जेलर मोहन पौडेलले बताए । त्यस्तै २०४३ सालमा निर्माण भएको ‘घ’ श्रेष्णीको जिल्ला कारागार पर्वतको क्षमता २५ जना कैदी बन्दी राख्ने रहेको छ । कारागारमा हाल ८८ पुरुष र ४ महिला गरि ९२ जना कैदी बन्दीहरु रहेका छन् ।

त्यस्तै २०५२ सालमा निर्माण भएको ‘घ’ श्रेष्णीको जिल्ला कारागार म्याग्दीको क्षमता ३२ जना को रहेको छ । हाल करागारमा ७ महिला र ८४ पुरुष गरि ९१ जना कैदी बन्दी रहेका छन् । त्यस्तै कारागारमा २ जना आश्रीत बालवालिका रहेका छन् । कारागारको क्षमता भन्दा बढि कैदी बन्दीहरु एकै ठाउ“मा राख्दा समस्या हुने गरेको भएपनि कारागार गाभेर मात्र समस्याको समधान नहुने कारागार प्रमुखहरुले बताएका छन् ।

फरक–फरक जिल्लाका फरक अपराधीक गतिविधिमा संलग्न व्यक्तीहरुलाई एकै ठाउ“मा राख्नु थप चुनौती हुने जिल्ला कारागार म्याग्दीका प्रमुख राजेन्द्र शर्माले बताए । ‘कारागारको भौतीक पूर्वाधार कमजोर हु“दैं गएको छ, शर्माले भने कैदी बन्दी व्यवस्थापनको लागि सबैभन्दा पहिले कारागारको भौतिक पूर्वाधार र साधान स्रोतको व्यवस्थापन हुनुपर्छ ।’ जिल्ला कारागार म्याग्दीमा सामान्य सवारी साधानको सुविधा छैन, शर्माले भने कारागार गाभेर के गर्ने, बागलुङ र पर्वत जिल्लाका कैदी बन्दीलाई अदालत उपस्थित कसरी गराउ“ने ?

’ त्यस्तै जिल्ला कारागार पर्वतका प्रमुख प्रकाश पौडेले पुरुष–पुरुष एक जिल्ला र महिला– महिला एक जिल्लामा राख्दा थोरै ठाउ“मा धेरै कदी बन्दी राख्न सकिए पनि कारागारहरुको अहिलेकै भौतिक संरचना र सुविधा व्यवस्थापन गर्न ग्राहो हुने बताए ।

बैठकमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल अर्जुन बाण गण घोडाबाधेका प्रमुख सेनानी भुवनराज देबकोटा बागलुङ्गका प्रहरी प्रमुख दिपक रेग्मी म्याग्दीका प्रहरी प्रमुख विर बहादुर बुढा पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारी र बागलुङ्गका अनुसन्धान अधिकृत निर्मल पौडेल लगायतको संयुक्त बैठकले उक्त निर्णय गरेको सुचना अधिकारी धिरेन्दराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्