चिडियाखानामा अत्याधुनिक डिजिटल केन्द्र



नेपाल समाचारपत्र, ललितपुर
सदर चिडियाखानामा डिजिटल एजुकेशन सेन्टर सञ्चालनमा आएको छ । पूर्णरुपमा डिजिटल मैत्री संरचना सहितको सेन्टरले नेपालको जैविक विविधता, रैथाने र लोपोन्मुख जिवजन्तुबारे विस्तृत जानकारी प्रदान गर्छ ।
अत्याधुनिक कक्षमा जडान भएका ८ वटा स्किृनले संरक्षण शिक्षा, सहित चिडियाखानामा प्रर्दशनीमा रहेका समग्र वन्यजन्तु र चिडियाखानाका गतिविधी पनि अवगत गराउछन् । साथै चिडियाखानाका आगन्तुकले संरक्षण शिक्षासँग सम्बन्धित हाजिरी जवाफ जस्ता खेल पनि स्किृनमा खेल्न सक्छन् ।

यस्तो केन्द्र नेपाल इन्भेष्टमेन्ट बैंकको ५० लाख रुपियाँको आर्थिक सहयोगमा तयार भएको हो । ‘फिल्ड मार्शल सर जोन च्याप्पल शिक्षा केन्द्र’को मंगलबार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले गर्नुभयो । केन्द्र विगत ४ दशकयता नेपालको जैविक विविधता र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका बेलायती फिल्ड मार्सलको योगदानप्रति समर्पित छ ।

सो अवसरमा बोल्दै मन्त्री बस्नेतले च्याप्पलले पु¥याउनु भएको योगदान प्रशंसनीय भएको बताउँदै संरक्षण अभ्यास र संरक्षण शिक्षाका लागि यस्तो विशेष केन्द्र महत्वर्पूण हुने बताउनुभयो । त्यसैगरी राजदूत मोरिसले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा आफ्नो मुलुकले नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै यस्तो हातेमालो आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘दुवै मुलुक वीच आगामी दिनमा पनि संरक्षणका विविध मुद्धामा सहकार्य गर्न सकिने पर्याप्त संभावना छ, उहाँले भन्नुभयो–‘विशेषगरी वन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रणमा हातेमालो गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्