सीटीईभीटीको अवधारणा: ‘सीप सिक, कमाऊ र तिर’



पुष्कर बुढाथोकी, भक्तपुर
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमाको विकास र बिस्तारमा संचारकर्मीको भूमिका महत्वपुर्ण भुमिका रहनेमा यस क्षेत्रका अगुवाहरुले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सहयोगमा भक्तपुरको नगरकोटमा आयोजना गरेको प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिमको विकास र बिस्तारमा संचारकर्मीको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा अगुवाहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा सीटीईभीटीका सदस्य सचिब डा.पुष्परमण वाग्लेले यस क्षेत्रका उपलब्धि,चुनौति र अवसरलाई केलाउँदै देशलाई आवश्यक प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमको विकास र बिस्तारमा संचारकर्मी र संचार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसंग जोड्नुपर्नेमा जोड दिंदै उहाँले उत्पादित जनशक्तिले राम्रो आयमूलक जागिर पाउनुपर्ने हुँदा आगामी दिनमा राष्ट्र निर्माणको लागि के कति संख्यामा कुन तह र क्षेत्रका जनशक्ति आवश्यकता पर्ने हो सो को राष्ट्रिय स्तरमा प्रक्षेपण हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षार्थीहरुलाई अध्ययनको क्रममा नै प्रयोगात्मक अभ्यासमा संलग्न गराएर उत्पादनका कार्यमा संलग्न गराई उद्यमशील बन्नमा सीटीईभीटीले उत्प्रेरित गरिरहेको बताउँदै श्रमको सम्मान हुन नसकेको कारणले समेत सीपमूलक तालीम लिएर स्वरोजगार बनेकाहरुले आफूले गर्दै आएको पेशालाई गर्वका साथ समाजका अगाडि भन्न आनाकानी गर्ने गरेको अवस्था रहेको उल्लेख गर्नुभयो ।

शैक्षिक सत्र २०७३।०७४ मा सीटीईभीटी अन्तर्गत आङ्गिक शिक्षालयहरु १९ वटामा संचालनमा थिए भने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम सञ्चालन गर्ने विद्यालयको संख्या ११७ थियो ,सदस्य सचिब डा. वाग्लले भन्नुभयो, हाल आङ्गिक शिक्षालयको संख्या ४५ बटा छन् भने १८ बटा आङ्गिक शिक्षालयहरुमा कार्यक्रम थप गरिएको छ ।

टेक्स विद्यालयको संख्या ३९७ मा पुगेको बताउँदै उहाँले शिक्षालयहरुमा कृषि, ईन्जिनियरीङ्ग, स्वास्थ्य, होटल व्यवस्थापन जस्ता प्राविधिक कार्यक्रम संचालन भएको र प्रशिक्षार्थीको भर्ना क्षमतामा ४४ हजार ३५० जनाबाट ६० हजार ८६९ जना पुगेको उल्लेख गर्नुभयो ।राज्यको पहुँच बाहिर रहेका वर्गलाई खान, वस्न, पोशाक र यातायत सुविधा सहित विशेष छात्रवृत्ति व्यवस्था गरी ४ हजार ८ सय ७० जनालाई प्राविधिक शिक्षाको पहुँच पुर्याईएको उहाँको भनाई थियो ।
कार्यक्रममा सीटीईभीटीका निर्देशक तथा पुर्व सदस्य सचिब रमेश बखतीले पत्येक प्रदेशका ६ हजार युवाका दरले ७ प्रदेशमा ४२ हजार युवालाई निकट भबिष्यमै सीपमुलक तालिम दिने तैयारी भैरहेको बताउनुभयो । प्राविधिक शिक्षा र व्यावसायिक तालीमको पहुँचमा विस्तार, गुणस्तरमा सुधार र विकास, सान्दर्भिकता, दिगोपन, कर्मचारीको क्षमता अभिवृध्दि,सुशासन जस्ता कार्यहरुलाई निरन्तरता दिंदै आएको बताउनुभयो ।

एउटै छानामुनिबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विभिन्न विधाहरुमा कार्यक्रमहरु सञ्चालन गर्ने उध्देश्यका साथ संचालनमा रहेका आङ्गिक शिक्षालय, वहु(प्राविधिक शिक्षालयहरुको स्तरोन्नती गरी हरेक प्रदेशमा एक एक बटा नमूना वहु(प्राविधिक शिक्षालय स्थापना गर्ने कार्य शुरु गरिएको छ। लैङ्गिक समानता कायम गर्दै महिलाहरु प्रविधिक शिक्षामा आकर्षित गर्न हरेक महानगरपालीकामा महिला पोलिटेक्निक स्थापना गर्ने सोच अगाडी वढाईएको छ . सीक, कमाउ र तिरको अवधारण लागु गरी आय आर्जनबाट विपन्न वर्गलाई प्राविधिक शिक्षा अध्ययन गराउन सकिने कार्य योजना लागु गर्न सोच वनाईएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब रामप्रसाद दाहालले यस क्षेत्रको बिकास र बिस्तारमा पत्रकारिता क्षेत्रको महत्पपुर्ण भुमिका रहने बताउँदै सीटीईभीटीसँग समन्वय गर्दै देशभरका पत्रकारलाई अभिमुखिकरण गर्न पत्रकार महासँग तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्