नेपाली दुतावास स्पेनद्धारा सामाजिक संघसंस्था छलफल



दीपेन्द्र गजुरेल, स्पेन । स्पेनमा भएका विभिन्न सामाजिक,राजनितिक,बैचारीक संघ संस्थाहरु संग नेपाली दुताबासले गहनरुपमा छलफल गरेको छ ।
दुताबासमा भएको छलफल कार्यक्रममा बुद्धिजिवि,समाजसेवी,पत्रकार लगायतको उपस्थितीमा आगामी दिनहरुमा कसरी सहजीकरण र चुस्त सेवा प्रवाहका गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

दुताबासका कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन स्पेनमा भएका नेपालीहरुले नेपालको ब्यापार घाटालाई कम गर्दै देशमा लगानी भित्र्याउने, देखि पर्यटन,ब्यापार प्रर्वधन गर्न सबै क्षेत्रबाट हातेमालो गरी सहयोग गरिदिन आग्रह गरेको बताउनुभयो ।

कार्यबहाक राजदूत पौडेलले भन्नुभयो–‘नेपाल भुपरिवेष्ठित राष्ट्र भएपनि पर्यटनको अथाह सम्भावना बोकेकोे भएपनि प्रचारका कार्यक्रमहरु न्हुदा सोचे जति पर्यटक भित्र्याउन नसकेको बताउनुभयो ।

उहांले नेपालमा पर्यटक भित्र्याउन प्रशिद्ध शहरहरुमा प्रचार प्रचारका कार्यक्रमहरु दुताबाससंग सहकार्यगरी अगाडि बढाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको थियो ।

नेपालीहरुले छलफलमा उठाएका एजेण्डालाई आत्मसाथ गर्दै दुताबासले सम्बन्धित ठाउमा पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकोछ । दुताबासले एनआरएनए स्पेनको हेल्प डेक्स राख्ने ठाउ उपलब्ध गराई दिने समेत प्रतिबद्धता ब्यक्त गरेको छ ।

नेपाली जनप्रगतिशिल मंञ्चका अध्यक्ष तथा एनआरएनएका स्पेनका पुर्व उपाध्यक्ष अर्जुन आचार्यले नेपालीहरुको परिवार मिलन देखि बा आमा ल्याउने काममा दिल्ली दुताबासमा काम गर्ने भारतिय कर्मचारी र तिनिहरुका मतियारले नेपालीलाई हेर्ने दृष्टिकोण खराब भएको कारण नेपालीले दुख पाउदै आएकोले त्यसतर्फ ध्यानदिन दुतावासलाई आग्रह गर्नुभएको थियो ।

नेपाली जनसम्र्पक समितिका प्रतिनिधि तथा एनआरएनए स्पेनका पुर्व सचिव रामकृष्ण पुडासैनीले नेपाल र स्पेनको भुगोल मिल्ने भएकाले ओलिबको खेती नेपालमा गर्न सकिने भएकाले त्यसतर्फ पहल गर्न दुतावासलाई आग्रह गर्नुभएको थियो ।

प्रवासी नेपाली मंञ्च स्पेनका अध्यक्ष हेम शेर्पाले नेपाली दुताबासबाट ब्यापार घाटा,नेपाली उत्पादनलाई युरोपमा ब्यवस्थित गर्ने,स्पेनको विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुका लागि अभिवाक बनेर काम गरिदिन र नेपाली दुताबास आएको महशुस सहित अनुभव लिने बतावरण बनाई दिन आग्रह गर्नुभयो ।

एनआरएनए ग्रानक्यानरियाका पुर्व अध्यक्ष गगन कुव“रले स्पेनको राजधानी म्याड्रिड देखि तिन घण्टाको दुरिमा रहेको ठाउमा स्पेन सरकारले समेत ७५ प्रतिशत हवाई भाडामा छुट दिईरहेको अवस्थामा नेपालीले दुताबास आएको एक वर्ष सम्म महशुस गर्न पाएका छैनौ त्यसैले त्यहाको स्थानीय सरकारसंग समन्वयन गरी नेपालीहरुलाई उच्च महत्वका साथ हेर्न आग्रह गर्नुभयो ।

विलबाउमा रहेका नेपालीहरुको कागजपत्र बनाउन पहल गर्ने सम्बन्धमा छलफल भएको थियो । उक्त कार्यक्रममा एनआरएनए अध्यक्ष,आईसिसि सदस्य,पुर्व अध्यक्ष,युरोप उपसंयोजक,राजनितिक दलका भातृ संगठनका प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्