जनता आवास कार्यक्रमः सिन्धुलीमा ३८ वटा घर निर्माण हुदै



बुद्ध नेपाली, सिन्धुली ।
सरकारले जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिका– ९ को मुससहर वस्तीमा घर निर्माणको काम अगाडि बढाएको छ । विपन्न समुदायलाई घर निर्माण गर्ने नीति अनुसार मुसहर वस्ती निर्माणको काम अगाडि बढेको हो । मुसहर वस्तीमा ३८ वटा घर धमाधम निर्माण भईरहेका छन् । आवास विहीन सिमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौलीमा घर निर्माणको काम अगाडि बढेपछि मुसहर वस्तीमा खुसी छाएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीमा ५० वटा घर निर्माण गर्नुपर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । जस मध्य गत आर्थिक वर्षमा दुधौली नगरपालिका– ९ को मुसहर बस्तीमै ६ वटा घर निर्माण भईसकेको छ । करिब एक करोड लागतमा ३८ वटा दुई कोठे घर निर्माण भईरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका निमित्त प्रमुख ईन्जिनियर दुर्गा प्रसाद घिमिरेले बताए ।
जनता आवास कार्यक्रम अन्तर्गत गत वर्ष मुसहर बस्तीका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा र रामबृद्ध सदाको घर निर्माण गरिएको छ । जिल्लामा निकै ढिलो गरी सुरु भएको जनता आवास कार्यक्रम समन्वयन समिति सिन्धुलीले दुधौली नगरपालिका–९को मुसहरबस्ती, कमलामाई नगरपालिका–१ डाडी गुराँसेका हायू बस्ती र साविक बाशेश्वर गाविसको सार्की दलित बस्तीमा कार्यक्रम संचालनका लागी अध्ययन, अवलोकन गरेको थियो ।

जग्गा नुहदाँ शौचालय निर्माणमा समस्या

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तीनस्थान मध्य दुधौलीको मुसहरबस्तीमा अधिकाशं मुसहर, अति विपन्न, गाउँ बल्कमा बसोबास गरेका, फुसको छाना, माटा टाटीको घेराबेरा र अव्यवस्थित बसोबास क्षेत्र भएकाले मुसहर बस्तीलाई छनोट गरी घरहरु निर्माण गरिएको उनले बताए । दुधौली नगरपालिकाले सडक, खानेपानी र शौचालय व्यवस्थापन गर्ने, विपन्न परिवारको १० प्रतिशत श्रमदान र सरकारले विनियोजन गरेको १ करोड २३ लाख रकममा ५० वटा घर निर्माण हुने ईन्जिनियर घिमिरेले बताए ।


घर बने तर शौचालयको समस्या
जनता आवास कार्यक्रम अन्तर्गत घर सहित शौचालय, खानेपानीको पनि व्यवस्था हुनुपर्छ । तर जनता निर्माण भएका प्रायः घरहरुमा शौचालय निर्माण हुन सकेका छैन्न् । जनता आवास कार्यक्रममा छनोट भएका जिल्लाका मुसहर समुदायमा पर्याप्त जग्गा नभएकाले घरसँगै शौचालय निर्माण हुन नसकेको घिमिरेले बताए । ‘घर बनाउन त जग्गा नभएर समस्या छ ।

जनता आवासमा छनोट भएका व्यक्तिको नाममा ३÷४ धुर पनि जग्गाा छैन्,घर त मुस्किलले बन्छ । अव शौचालय कहाँ बनाउनु । यो शौचालयको निर्माणमा साच्चै समस्या छ’,उनले भने । सिन्धुली जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भईसकेको अवस्थामा अहिले निर्माण भईरहेका जनता आवास कार्यक्रममा घरमा शौचालय बनाउन नसक्नु चुनौतीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्