अमेरिकामा नयाँ आप्रवासीलाई सहयोग गर्दै थापा दम्पती



दीपेन्द्र थापा, काठमाडौ
विश्वको शक्तिशाली अमेरिका भन्ने वित्तिकै मानिसको सपना पनि ठूलो बनेर आउँछ । कयौ सपना बोकेर नेपाल जस्ता गरिबी मुलुकबाट जब मानिस अमेरिका प्रवेश गर्छ, कत्तिका सपना बीचमा नै तुईन्छ । कारण नयाँ मुलुकको रहन सहन थाहा नहुन तथा उचित मार्गदर्शकको अभाव हुनु । कतिपय अमेरिकामा प्रवेश गर्ने नयाँ आप्रवासीले स्थानीय नीति नियम थाहाँ नहुँदा सामान्य सुविधा पनि उपभोग गरिरहेका हुँदैनन । फलस्वरुप आफनो उद्धेश्य र सपनाबाट भडकिन्छन् ।

आफुले भोगेका समस्याबाट पाठ सिकेका पत्रकार अनुज थापाले नयाँ आप्रवासीलाई सहज होस भनेर अनलाईन पडकास्ट सुरु गरेका छन् । थापाले सन् २०१८ मे देखि पडकास्ट सुरु गरेका हुन् । साताको प्रत्येक हरेक आईतबार हेर्न र सुन्न मिल्ने यो पडकास्टमा अमेरिका आएर आ–आफनो क्षेत्रमा राम्रो करियर बनाईसकेका आप्रवासीहरुको अन्तरवार्ता लिइन्छ ।

जसमा विभिन्न माध्यमबाट अमेरिका आईपुग्ने आप्रवासीलाई कसरी अमेरिकामा सेटल हुने भन्ने बिषयमा जानकारी दिईन्छ ।

पडकास्ट मार्फत उहाँहरुले अमेरिकामा नेपाली मात्र नभएर सुडान, बुर्किना फासो, ताईवान, रसिया, एल साल्भाडार, फिलिपिन्स, इन्डिया, पाकिस्तान, इथियोपिया, उज्वेकिस्तान, जस्ता देशबाट अमेरिकामा करियर बनाएकाहरुको ३१ वटा भन्दा बढी श्रृखंला निर्माण गरि सकेका छन् ।

यो पडकास्ट सुनेर अमेरिकामा रहेका आप्रवासीहरुले मात्र नभई अन्य मुलुकहरु जस्तै, बेलायत, अष्टे«लियामा बसेका आप्रवासीहरुले समेत यसका कार्यक्रमबाट विदेशमा रहेर पनि आफुले सोचेको क्षेत्रमा लाग्न प्रेरणा र हौसला मिलेको प्रतिक्रिया दिने गरेको अनुजको भनाई छ । यस्तो प्रतिक्रिया पाउँदै आफु झनै उत्साहित भएको उहाँले बताउनु भयो ।

बिषेश गरी यस कार्यक्रम मार्फत उनी अमेरिका भित्रने आप्रवासीलाई अमेरिकाको नियम बुझन, कस्तो खालको सुविधा पाउँन सकिन्छ भन्ने थाहा पाउँन, कुन ठाउँमा जादा के गर्नु पर्छ भन्ने लगायतका जानकारी दिन्छन् । उनकै कार्यक्रम सुनेर अमेरिका बस्दै आएकी एउटी छात्रा पब्लिक लाईब्रेरीमा निशुल्क प्रवेश पाईन्छ भनेर थाहा पाईछिन् । त्यस्तै, अमेरिका करिअर कसरी बनाउँने भनेर अलपत्र परेका एक छात्रले उनलाई मेसेज गरी तपाईको पडकास्ट मैले बाटो पाए भन्ने मेसेज गरेछन् । सामाजिक सञ्जाल मात्र पाउँने यस्ता खालका प्रतिक्रियाले अनुज दम्पती झनै उत्साहीत छन् ।

सञ्चारकर्मी दिपिका श्रेष्ठसँग बिबाह भएपछि २०१४ अप्रिल २४ मा न्यूयोर्क हानिएका थापाले अमेरिकामा नै पत्रकारिताको अध्ययन पुरा गरेका हुन् ।
अमेरिका पुगेपछि काम खोज्नु भन्दा पनि उहाँले पत्रकारिता अध्ययन लाई अगाडि बढाउनु भयो । थापाले सिटी युर्निभसिटी अफ न्यूयोर्कको क्रेग न्यूयोर्क ग्रेजुएट स्कुल अफ जर्नालिज्ममा मेजर इन्टरनेशनल रिपोटिगं एण्ड कन्सटे«सन मल्टीमिडियामा बिषयमा स्नातहकोत्तर गर्नु भएको छ ।

दुई बर्षको यो अवधिमा उहाँलाई आफनो लक्ष्य पुरा गर्नु थियो । साथै बाच्नु पनि । अध्ययनको लागी आवश्यक रकम जुटाउँनका लागि काम पनि गरिएको थापा स्वीकारर्नु हुन्छ । यो दुई बर्ष उनका लागी अति कठिन भयो । एकातिर पढाई अर्कोतिर पढाईका खर्चको लागि काम पनि गर्नुपर्ने थापाले आप्नो सफला सुनाउनु भयो ।२०१७ मा उनले अध्ययन पुरा गर्नु भयो ।

अध्ययन पछि अमेरिकाका विभिन्न अमेरिका सञ्चारमाध्यममा इन्टरशिप पनि गर्नु भयो ।

अन्तत २०१८ अक्टोवर ३ दिन थापाले अमेरिकाको मूलधारपत्रिका द स्टिट्रमा भिडियो प्रोडयुसरको आफनो पत्रकारिताको करिअर सुरु प्रारम्भ गर्नु भयो ।
स्टार एफ एमबाट पत्रकारिताको सुरुवात गर्नु भएका थापा न्यूज २४ टेलिभिजनमा लामो समयसम्म आवद्ध रहदै अमेरिका हानिएका थापा अमेरिकामा पनि पत्रकारीतालाई निरन्तरता दिनु भएको छ ।


विभिन्न सपना बोकेर अमेरिका पुगे पछि धेरै व्यक्ति अलमलिने गर्छन् । अलमल करियर एकातिर उनीहरु अर्कैतिर मोडिने गरेको थापाको अनुभव छ। कतिपय मानिसहरु अमेरिकाको सामान्य नियमहरु थाहा नपाउँदा त्यहाँ सुविधा उपभोग गर्न नसक्ने र जरिवाना पर्ने लगायतका समस्या नियाल्नु भयो ।
त्यसैले अमेरिका आउँने नयाँ आप्रवासीलाई सहयोग गर्न अनुजनले श्रीमती दिपिका श्रेष्ठसँग मिलेर एट दि एन्ड अफ द डे नामक साप्ताहिक पडकास्ट सुरु गर्नु भएको छ । जुन इन्टरनेटको माध्यमबाट सुन्न र हेर्न सकिन्छ ।

सुरुवातमा दुख गरे पनि अनुज दम्पतीले अमेरिकामा आफनो पत्रकारिताको करिअर सुरु गरेका छन् । त्यसैले उनले आफनो आत्मसन्तुष्टीको पडकास्ट पनि चलाई रहेका छन् । मैले उनलाई सोधे पत्रकारिता नै गर्नु परेको अमेरिकामा गएर ।

अमेरिकामा गएर पनि किन दुख गरेर पत्रकारिता गरेको भन्ने मेरो जिज्ञासामा उहाँले भन्नु भयो–‘मलाई कथा भन्न मन पर्छ । कथा यहाँ पनि छ । नेपालमा पनि त म पत्रकारितामा रमाएको थिए । यहाँ आएर पनि म त्यो पेशा भन्दा बाहिर जान सकिन । मैले पैसा नै कमाउँन तिर लागेको भए, म सुविधासम्पन्न त हुन्थे होला तर, सन्तुष्ट भने हुने थिईन । २० बर्ष पछि फर्केर हेर्दा मलाई पछुतो नहोस कि मैले कोशिस नै गरिन।’

प्रतिक्रिया दिनुहोस्