भारतबाट आएको पेट्रोलियम पदार्थमा पानी र लेदो मिसिएको पाइयो



नेपाल समाचारपत्र, वीरगञ्ज ।
भारबाट पेट्रोल र डिजल भरेर आएका ट्याङ्करमा पानी र लेदो मिसिएको भेटिएको छ । उक्त आयल भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोबाट आएको नेपाल आयल निगमले जनाएको छ ।

भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटिएको छ । आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा पनि तेलमा पानी र लेदो मिसिएको निष्कर्ष निकालेको छ ।

प्राविधिक परीक्षणका लागि टोलीले तीन/तीन वटा छुट्टा छुट्टै बोतलमा सिल लगाएर डिजल र पेट्रोलको सेम्पल लिएको छ ।

प्रतिक्रिया दिनुहोस्