प्रधानमन्त्री ओलीद्धारा बोगटान कालोपत्रे सडक शिलान्यास



विमल विष्ट, डोटी ।
प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार सहजपुर– बोगटान सडक कालोपत्रेको शिलान्यास गर्नु भएको छ । डोटीको बिपिनगरमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले उक्त सडक पिचहुने कार्यको शिलान्यास गर्नु भएको हो । सडक पिचको शिलान्यास गर्नु हुदै प्रधानमन्त्री ओलीले बोगटान लगायत समग्र डोटेली जनताका शुखका दिन आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “अब तपाईहरुको घरछेउमै पिड सडक हुनेछ,आफुले सक्ने खालको व्यवसाय गर्नुहोस,व्यापारी तपाईकै घरमा पुग्ने छन् ।” सोही कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार पाँच वर्षसम्मको सरकार भएकाले बिकासका काम गर्नमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले थप भन्नुभयो, “पाँच वर्ष भित्रमा हामी देशको बिकास गरेर मुहार नै फेर्ने योजनामा छौँ,जनतालाई सहज र सुबिधा हुने बिकास यो सरकारले गर्छ ।”

कच्चि सडक शिलान्यास भएको ३३ वर्षपछि उक्त सडक अहिले आएर कालोपत्रको शिलान्यास भएको हो । पूर्बमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट तथा डोटीबाट निर्वाचित प्रतिनिधी सभा सांसद प्रेमबहादुर आलेमगरको लामो समयदेखिको पहलमा बोगटान सडक कालोपत्रे कार्यको शिलान्यास भएको बताईएको छ ।

उक्त आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा छनौट गरेको छ । उक्त सडक कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर रहेको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि रु २ अर्ब ५ करोडमा कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिईएको छ । कालोपत्रे गर्ने कार्य ३० महीनाभित्र सम्पन्न गरिने कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिनुभयो ।

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किलोमिटर र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किलो मीटर सडक कालोपत्रे हुनेछ । सडक कालोपत्रे गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै ६ हजार रुख काट्नुपर्ने अवस्था आएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्रे गर्न लागेको हो । आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई प्रतक्ष लाभभ मिल्ने छ । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै डोटीको बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक बिसं २०४२ सालमा कच्चि सडकका रुपमा शिलान्यास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्