सडक दुर्घटनामा २ जनाको मृत्यु



हेटौंडा ।
हेटौंडामा सडक दुर्घटनाका कारण २ जनाको ज्यान गएको छ । हेटौंडा–१९ बस्तीपुर र दामसिटारबीच यात्रुबाहक सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् पहिचान नखुलेको व्यक्तिको घटनास्थलमा मृत्यु भएको हो ।

सोमबार राति करिब १० बजे पैदलयात्रीलाई बसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताउनुभयो । मृतकलाई ठक्कर दिने ना. ५ ख ५२४६ नम्बर रात्रि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएकोे छ । शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

हेटौंडा–५, क्याम्पाडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हेटौंडाबाट पूर्वी मकवानपुरतर्फ गइरहको ना. ५ त ३४५९ नम्बर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक थापाले बताउनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्