अमेरिका जाने लोभमा नक्कली सर्टिफिकेट पेश गर्ने पक्राउ



काठमाडौं ।
प्रहरीले अमेरिका जाने लोभमा नक्कली सर्टिफिकेट पेश गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुली रहेका छन् ।

अमेरिका जान डाइभर्सिटी भिसा (डीभी) परेका पराजुलीले कक्षा १२ पासको नक्कली सर्टिफिकेट पेश गरेका थिए ।
दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा पराजुलीले पेश गरेका सर्टिफिकेट शंकास्पद देखिएपछि उनीहरुले प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिए ।

उजुरीपछि अनुसन्धान थालेको प्रहरीले मंगलबार महाराजगञ्जबाट पराजुलीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले उनी महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्