मुटुरोगीलाई ३० हजार सहयोग



रामचन्द्र वि.क., रामेछाप ।
परियार एकता समाज रामेछापले मुटुको रोगबाट पीडित एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । एकता समाजले रामेछापको मन्थली नगरपालिका–३ का बद्री बर्देबालाई उपचारार्थ ३० हजार सहयोग गरेको हो ।

मंगलबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी मुटुको रोगि बर्देवालाई चेक मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । एकता समाजले विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरेको रकम पीडितलाई नै हस्तान्तरण गरेको उपाध्यक्ष एका बहादुर बर्देवाले बताए । परियार एकता समाजका बरिष्ठ सल्हाकार समेत रहेका बर्देबा दुई महिना देखि मुटुको रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्