नेपाली दुतावास स्पेनद्धारा विभिन्न सामाजिक संघसंस्थाबारे छलफल



दीपेन्द्र गजुरेल, स्पेन ।
स्पेनमा भएका विभिन्न सामाजिक, राजनितिक, बैचारीक संघ संस्थाहरुसंग नेपाली दुताबासले बृहत्तर रुपमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दुताबासको कार्यायमा भएको कार्यक्रममा बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतको ब्यापक उपस्थितीमा आगामी दिनहरुमा कसरी सहजीकरण र चुस्त सेवा प्रवाहका सम्बन्ध विभिन्न धारणा राखिएको थियो ।

दुताबासका कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले सरकारको सुखि नेपाली समृद्ध नेपाल नारालाई सार्थक बनाउन स्पेनमा भएका नेपालीहरुले नेपालको ब्यापार घाटालाई कसरी कम गदै देशमा लगानी भित्र्याउने, देखि पर्यटन,ब्यापार प्रर्वधन गर्न सबै क्षेत्रबाट हात्तेमालो गरी सहयोग गरिदिन आग्रह गरेको नेपाल समाचारपत्रलाई बताए ।

पौडेलले भने ‘नेपाल भुपरिवेष्ठित राष्ट्र भएपनि पर्यटनको अथाह सम्भावना बोकेकोे हुदा हुदै धेरै भन्दा धेरै पर्यटन भित्र्याउन प्रशिद्ध शहरहरुमा ब्यापक प्रचार प्रचारका कार्यक्रमहरु दुताबास संग सहकार्यगरी समृद्ध नेपाल बनाउनु सहयोगि भुमिका बनाउनुपर्ने धारण ब्यक्त गरेका थिए’।

नेपालीहरुले छलफलमा उठाएका एजेण्डालाई आत्मसाथ गर्दै दुताबासले सम्बन्धित ठाउमा पहल गर्ने प्रतिबद्धता ब्यक्त समेत गरेका थिए । दुताबासले एनआरएनए स्पेनको हेल्प डेक्स राख्ने ठाउ उपलब्ध गराई दिने समेत प्रतिबद्धता ब्यत्तः गरे । नेपाली जनप्रगतिशिल मंञ्चका अध्यक्ष तथा एनआरएनएका स्पेनका पुर्व उपाध्यक्ष समेत अर्जुन आचार्यले नेपालीहरुको परिवार मिलनका देखि बाआमा ल्याउने काममा दिल्ली दुताबासमा काम गर्ने भारतिय कर्मचारी र तिनिहरुको मतियारले नेपालीलाई हेर्ने दृष्टिकोण नियतबस खराब हुदा विचौलीयाले अनाहकमा दुख दिने गरेको आम नेपालीहरुको भनाई राखेका थिए ।

नेपाली जनसम्र्पक समितिका प्रतिनिधि तथा एनआरएनए स्पेनका पुर्व सचिव रामकृष्ण पुडासैनीले भने नेपाल र स्पेनको भुगोल मिल्ने भएकाले ओलिबको नेपालमा खेती गर्न प्रचुर सम्भावना रहेको बताए । नेपालको प्रशिद्ध पर्यटकीय ठाउहरुलाई प्रचार प्रचार गर्न र स्पेनको नगरपालिका संग सहकार्य गरेर नेपाली नामबाट पार्क बनाएर हस्तान्तरण गर्ने पर्यटन,कृषि,शिक्ष्ाँ,स्वास्थ्य,ब्यापारलाई ब्यवस्थित गर्न ब्यापक दुताबासको सहयोगको अपेक्षा गरेको बताए ।

प्रवासी नेपाली मंञ्च स्पेनका अध्यक्ष हेम शेर्पाले नेपाली दुताबासबाट ब्यापार घाटा,नेपाली उत्पादनलाई युरोपमा ब्यवस्थित गर्ने,स्पेनको विभिन्न भागमा बसोबास गर्नेहरुका लागि अभिवाक बनेर काम गरिदिन र नेपाली दुताबास आएको महशुस सहित अनुभव लिने बतावरण बनाई दिन आग्रह गरे । एनआरएनए ग्रानक्यानरियाका पुर्व अध्यक्ष गगन कुव“रले भने स्पेनको राजधानी म्याड्रिड देखि तिन घण्टाको दुरिमा रहेको ठाउमा स्पेन सरकारले समेत ७५ प्रतिशत हवाई छुट दिईरहेको अवस्थामा हामी नेपालीले दुताबास आएको एक वर्ष सम्म महशुस गर्न पाएका छैनौ त्यसैले त्यहाको स्थानिय सरकार संग समन्वयन गरी नेपालीहरुलाई उच्च महत्वका साथ हेरिदिनुपर्ने बताए ।

विलबाउमा रहेका नेपालीहरुको कागजपत्र बनाउन पहल गर्ने सम्बन्धमा छलफल भएको थियो । उक्त कार्यक्रममा एनआरएनए अध्यक्ष,आईसिसि सदस्य,पुर्व अध्यक्ष,युरोप उपसंयोजक,राजनितिक दलका भातृ संगठनका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्