शिक्षा क्षेत्र सुधारका लागि ऐन आउँदै छः मन्त्री पोख्रेल



सलिम अन्सारी, प्युठान ।
शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को ८औँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघद्धारा जुम्रीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री पोख्रेलले उक्त विधेयकले विद्यालय शिक्षाको क्षेत्रमा सुधार र परिवर्तन ल्याउने दाबी गरे ।

शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्ने नयाँ संविधानको व्यवस्था अनुरुप विधेयक तयार गरिएको मन्त्री पोख्रेलको भनाइ छ । शिक्षामा सबैको पहुँच पु¥याउने, विद्यालयमा हुने राजनीतिकरण निरुत्साहित गर्ने, विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुरक्षित गर्ने र शैक्षिक गुणस्तर वृद्धि गरी नेपाली जनशक्तिलाई अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले ऐन संशोधन गर्न खोजिएको उनले बताए ।

शिक्षक राजनीतिक दलको कार्यसमितिमा बस्न नपाउने, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न अभिभावक नभए पनि हुने, पाँच वर्षपछि शिक्षकको सरुवा हुनेलगायतका व्यवस्था प्रस्तावित विधेयकमा गरिएको मन्त्री पोख्रेलले बताए । शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादन र उत्पादनलाई समृद्धिसंग जोड्ने शिक्षानिति ल्याउन लागिएको बताउदै मन्त्री पोख्रेलले भने(‘शिक्षकले गैर जिम्मेवारी पन देखाए त्यसको असर देशको समग्र विकासमा पर्दछ ।’

भोलिको देश कस्तो वन्छ भन्ने कुरा आजका विद्यार्थिहरुको हातमा रहेको र विद्यार्थी कस्ता वन्छन भन्ने शिक्षा कस्तो छ भन्नेमा निर्भर रहने भएकाले विद्यालयमा पढाउने कुरालाई शिक्षकले जागिर खाने रुपमा लिन नहुने तर्क गरे।उनले पढाउने दक्षता नहुने शिक्षक अन्यत्र पेशामा लाग्न समेत आग्रह गरे ।

पुरानो शिक्षा प्रणालिलाई वदलेर शिक्षालाई समृद्ध राष्ट्रसंग जोड्न सरकार सधै प्रयत्नशील रहेको समेत उनले सुनाए । यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार निकाय सँग आग्रह गरे । सरकारको तलब खाने शिक्षकले आफ्ना बालबालिकालाइ सामुदायिक बिध्यालयमा पठाउनुपर्ने पोख्रेलको भनाई छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नतिजामा आधारित कार्यक्रम ल्याउनुपर्ने मन्त्री पोख्रेलको धारणा छ। सवै स्थानिय तहहरुमा प्राविधिक शिक्षालय पुर्याउने सरकारको घोषणाअनुरुप ४ सय ५७ स्थानिय तहमा प्राविधिक शिक्षालय पुगिसकेको र अर्कोवर्ष सवै स्थानिय तहमा पुग्ने उनले जनाए । मन्त्री पोख्रेलले बाल बिद्या मा.वि मजुवा मरन्ठानामा सञ्चालनमा ल्याइएको कृषि शिक्षा, बाग्दुलाको झिमरुक क्याम्पस भवन र मुक्ति मा.वि. रातामाटाको विज्ञान भवन समेत उद्धघाट्न गरेका छन।

प्रतिक्रिया दिनुहोस्