नेपालद्वारा मलेसियालाई १ सय २७ रनको लक्ष्य



काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया छनौटको लागि मलेसियासँग प्रतिस्पर्धा गरिरहेको नेपाली महिला टीमले १ सय २७ रनको लक्ष्य दिएको छ ।

बैंककको टर्डगाइ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाली महिला टीमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको हो । नेपालको लागि सिता राना मगरले सर्वाधिक ४२ रन बनाइन् । कप्तान रुबिना क्षेत्री ३३ र सरिता श्रेष्ठ १ रनमा नटआउट रहँदा काजल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नरी थापा ६ रनमा पेभेलियन फर्किए ।

नेपाललाई १ सय २६ मा रोक्न मलेसियाका नुर अरिएन्ना नट्स्याले दुई तथा सशा अज्मी, जुमिका अज्मी र विनीफ्रेढ डुराइसिंगमले समान एक÷एक विकेट लिए ।

मलेसियाले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्