पाकिस्तान र साउदीबिच २० अर्व डलरको सम्झौता



इस्लामावाद,(एजेन्सी)
पाकिस्तानको दुईदिने औपचारिक भ्रमणको क्रममा सोमवार इस्लामावाद पुगेका साउदी युवराज मोहम्मद बिन सलमानलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भव्य स्वागत गरेका छन् । यसैबिच सलमानले पाकिस्तानसँग २० अर्ब अमेरिकी डलरको ऐतिहासिक सम्झौताको घोषणा गरेका छन् । यस सम्झौतामा ग्वादर नजिकको एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलरको लगानी गर्ने कार्यक्रम पनि समावेश रहेको छ ।

पुर्व निर्धारित तिथि भन्दा एक दिन पछि पाकिस्तान पुगेका युवराज सलमानले भनेका छन् , ‘ पाकिस्तानको भविष्य उज्ज्वल देखिन्छ । गत वर्ष पनि पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगती गरेको थियो । प्रधानमन्त्री इमरानको नेतृत्वमा पाकिस्तानको भविष्य निकै सुनौलो छ । यसै कारण पनि साउदीले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरेका हो । यो पाकिस्तानमा साउदी लगानीको पहिलो कदम हो ।

युवराज सलमानको भव्य स्वागत

साउदी युवराज सलमानको स्वागतका लागि पुर्व राष्ट्रिय क्रिक्रेटर तथा प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा विमानस्थलमा पुगेका थिए ।

इमरान खानले युवराजलाई आफ्नो कारमा राखेर प्रधानमन्त्री निवाससम्म लिएर गएका थिए । इमरान आफैंले कार चलाएका थिए ।

युवराजको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष रात्रीभोजको आयोजना पनि गरिएको थियो । इमरान खानले साउदी अरबमा काम गर्ने पाकिस्तानी मजदुरका समस्या बारे पनि सलमानसंग कुरा गरेका छन् ।

इमरानका अनुसार अहिले करिव २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा रोजगारीमा जुटिरेहका छन् । इमरानले मुशिलम समुदायको वार्षिक पवित्र तिर्थयात्रा अर्थात हजको क्रममा पाकिस्तानी नागरिकलाई पर्ने समस्याबारे पनि युवराजसँग छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्