नगर खाली भएपछि बस्न आउनेलाई २ हजार युरो दिने घोषणा



रोम (एजेन्सी)
इटालीको एक सानो सहरमा मान्छेहरुलाई त्यहाँ बस्न आउन आह्वान गरिरहेको छ । उनीहरुका लागि २ हजार युरो दिने प्रस्ताव पनि गरिएको छ । पुगलियामा एक सानो सहर क्यान्डिलाका मेयर निकोला गट्टाले सहरको घट्दो आवादी बढाउने अपेक्षामा उक्त प्रस्ताव दिइएको हो । गट्टाले सहरको आबादी पुन १९९० को जस्तो ८ हजार सम्म होस् भन्ने चाहेका छन् । त्यतिबेला उक्त सहरमा लिटिल नेपल्सको नामले चिनिन्थ्यो । अहिले त्यहाँ २ हजार ७ सय वासिन्दा रहेको छन् ।

इटालीको गाउँ विशेषगरी ऐतिहासिक साना सहरमा घट्दो आवादी अब राष्टिय चिन्ताको विषय बनिरहेको छ । युद्धपछि कयौं नागरिक गाउँ छोडेर बाहिर बस्न गए । बृद्ध आवादी, आर्थिक स्थिति र अवसरको कमीका कारण सहर पलायन भए ।

कयौंले यस समस्याको समाधान खोज्ने प्रयास गरेको देखिन्छ । लाजिया सिविटा दी बैग्नारिजियोमा अहिले मात्र १२ स्थायी निवासी छन् । यस गाउले आफुलाई एउटा पुर्ण सप्ताहन्तको आनन्द लिने स्थानका रुपमा परिणत गरेको छ । राजधानी रोमबाट आउनेहरुले यसलाई सामाजिक सन्जालमा लोकप्रिय बनाएको छ । यो रणनितिले अब यहाँ प्रत्यक बर्ष ४० हजार ८ लाख पर्यटक आउने गर्छन् । नजिकै क्यालेब्रियामा सरणार्थीहरु आनन्दले जीवन विताइरहेका छन् । उक्त सहरका स्थानिय नागरिकले खाली गरिदिएका थिए । हालै मात्र चर्चित लेखक रोबर्टो सैवियानोले इटलीको अर्थब्यवस्थाको भविष्य अब सरणार्थी भएको उल्लेख गरेका थिए ।

गाउँमा मानिसहरुलाई बोलाउन पैसा दिने प्रस्ताव नयाँ भने होइन । मेमा लिगुरियाको एक सानो नगर बोरमिडाका मेयर डेनियल ग्यालियानोले पनि फेसबुक मार्फत त्यहा बस्न आउनेलाई २ हजार युरो दिने घोषणा गरेका थिए । तर प्रस्ताव स्विकार गर्नेहरुको संख्या अत्यधिक भएपछि उनले उक्त प्रस्ताव फिर्ता लिएका थिए । त्यसैले गट्टा आफनो प्रस्तावमा लामो समय सम्म टिकिरहन सक्नेमा आसंका ब्यक्त गरिएको छ । उत्तरी इटलीबाट पहिले नै ६ परिवार त्यहाँ गइसकेका छन् भने थप ५ परिवार आउने तयारीमा छन् ।

यदि यो प्रस्ताव उपयोग गर्न इच्छुक हो भने त्यहाँको स्थायी निवासी बन्ने प्रतिबद्धता गर्नु पर्नेछ । गाउँमा घर भाडामा लिने र ७ हजार ५ सय युरो भन्दा धरै पैसा हरेक बर्ष कमाउन सक्नेछ । यदि बस्न आउने बासिन्दाको योग्यता पुरा छ भने काउन्सिलले एकललाई ८ सय युरो र जोडीलाई १ हजार २ सय युरो दिनेछ । तर परिवारसँग गाउँमा बस्नेहरुले भने २ हजार युरो तिर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्