काश्मिरको पुल्वामा अर्को भिडन्त , सातजनाको मृत्यु



श्रीनगर,(एजेन्सी)
भारत अधिनस्थ काश्मिरमा लडाकुहरुसंग भएको गोली हानाहानमाचार जना सैनिक मारिएको सोमवार प्रहरीले जनाएको छ । सो भिडन्त विहिवार एक आत्मघाती बम आक्रमणमा छयालिस जना भारतिय अर्ध सैनिक बलका सदस्यहरु मारिएको स्थान पुल्वामा नै भएको बताइएको छ ।

यस पछिल्लो घटनाले यस अघि नै तनावमा परेको आणविक शक्ति समपन्न भारत र पाकिस्तानको सम्बन्धको आगोमा घयु थप्ने काम भएको छ । यस घटनामा एकजना सर्वसाधारण र दुईजना आशंकित लडाकु पनि मारिएका छन् । भारतिय सुरक्षाकर्मिहरुले अन्य आशंकित व्यक्तिहरुको व्यापक खोजिकार्य जारी राखेको छ ।

विषम राजनीतिक परिस्थितीलाई ध्यानमा राख्दै पाकिस्तानले परामर्शका लागि भन्दै भारत स्थित आफ्नो राजदुतलाई स्वदेश फिर्ता बोलाएको छ । विहिवारको आक्रमण लगक्तै भारतले पाकिस्तानबाट आफ्ना वरिष्ठ कुटनीतिज्ञलाई फिर्ता बोलाइसकेको छ ।

पाकिस्तानक ैभुमिमा सक्रिय रहेको जइस ए माहमद नामक एक इस्लामिक समुहले यसअघिको आत्मघाती हमलाको जिम्मेवारी लिएको थियो । तर पाकिस्तानले सो आक्रमणमा आफ्नो कुनै भुमिका नरहेको अडान लिँदै आएको छ । भारतिय प्रहरीले सोमवारको अपरेसनमा पिन्ग्लेना गाउँमा घेरा हालेर मारिएका दुई जना लडाकु जइस ए मोहमदकै सदस्य रहेको दावी गरेको छ ।

यसैबिच भारत विहिवार काश्मिरको पुल्वामामा सैनिकहरु चढेको बससंग विस्फोटक पदार्थ भरिएको कार ठोकाउने करिव २१ वर्ष उमेरका आदिल अहमद दरलाई केही वर्षअघि सरकारी सुरक्षा फौजले कुटेको उनका अभिभावकले बताएका छन् । आदिल जैस–ए–मोहम्मदका सदस्य थिए

आदिलका बुवा गुलाम हसन दरले रोयटर्ससँगको कुराकानीमा उनका छोरालाई विगतमा सेनाले कुटेको बताएका हुन् । गुलामका अनुसार सेनाले आदिललगायत उनका साथीहरुलाई कुटेपछि उनी कट्टरपन्थि बन्न पुगेका हुन् । तिनीहरुलाई बिद्यालयबाट फर्किरहेकोबेला सेनाले बिच बाटोमा रोकेर कुटेको र दुव्र्यवहार गरेको गुलामले बताएका छन् ।

आदिलकी आमाले पनि उक्त घटनापछि आफ्नो छोरामा सेनाविरुद्ध आक्रोस जन्मिएके उब्जिएको बताएकीछिन् । तिनीहरुले दुई छोरा मध्ये कान्छो आदिलको धर्माधिकारी बन्ने सपना रहेको बताएका छन् ।

स्क्रोल डट इनसँगको कुराकानीमा गुलाम हसनले आफ्नो छोराले आमालाई घरको काममा निकै सघाउने गरेको बताए । आफ्ना दुई सन्तानमध्ये हसन कान्छो छोरो भएको उनले बताए । उनले भने, ‘मेरो कान्छो छोरोको पादरी बन्ने सपना थियो । कुरानका आठ अध्यायबारे सम्पूर्ण जानकारी हाँसिल गर्न चाहन्थ्यो ।’

हमलापछि आदिल अहमद दरको १० मिनेट लामो भिडियो इन्टरनेटमा भाइरल भएको छ । जुन घटना हुनु अगावै रेकर्ड गराइएको थियो । आदिलले यस भिडियोमा शुरुम ैभनेका छन् , ‘ तपाईंहरुमाझ यो भिडियो पुग्दासम्म म स्वर्गमा पुगिसकेको हुनेछु ।’

प्रतिक्रिया दिनुहोस्