देश निकाला



काराकास,(एजेन्सी)
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले भेनेजुयला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदलाई सोमवार देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुआइदोले सरकारको उक्त कदमलाई विवेकहिनको संज्ञा दिएका छन् ।

युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुयला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले पत्रकारहरुलाई जानकारी दिएका छन् । यस घटनाले माडुरो र अन्तर्राष्ट्रिय जगत बीचको तनाब अझै बढाएको छ । गत महिना गुआइदोले आफुलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्