पत्रकार भुसाल सम्मानीत



बुटवल, (नेस)
खेलकुद पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसालले प्राप्त गरेका छन् । बुटवलस्थित सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार २०७५ वाट पत्रकार भुसाललाई सोमवार विशेष कार्यक्रमका बीच प्रदान गरिएको हो ।

खेलकुद क्षेत्रको समाचार लेखन ,सम्प्रेषणमा तथा खेलकुदको विकासका लागि महत्वपुर्ण योगदान पुराउनु भएको भन्दै विद्यालयको अड्तिसौँ स्थापना दिवस आठौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिताको फाईनल छनौट कार्यक्रमा पत्रकार भुसाललाइ १० हजार नगदसहित सम्मान गरिएको हो ।

पत्रकार भुसाल विगत लामो समय देखि नेपाल समाचारपत्र दैनिक र नयाँ युगवोध दैनिकमा कार्यरत छन् । दीप बोर्डिङले स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार यस अघि पत्रकार सुमन अधिकारी, दीपक न्यौपाने र स्वस्तिक श्रेष्ठले प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्