सिद्धार्थ बैंकको शाखा नयाँ बजारमा खुल्यो



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले सोमबार काठमाडौंको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पँर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ सेवा, मेबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसाल बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ, जसले गर्दा ग्राहकलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १५० एटीएम र १२ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्