नेप्से ११ सय अंकबाट ओर्लिन थाल्यो



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक करिब ११ सयको बिन्दँमा झरेको छ । सोमबार ७ दशमलव २१ अंकले गिरावट भई परिसँचक ११०२ दशमलव ५१ अंकमा पुगेको छ ।

नेप्सेमा आएको गिरावटले पुँजी बजारका लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा पु¥याएको छ । चालँ आर्थिक वर्षको दोस्रो त्रैयमासको वित्तीय विवरण प्रकाशित हुँदा प्रायः सबैको स्थिति सकारत्मक नै देखिएको छ । तर, बंैकले कर्जा लगानीमा लिँदै आएको ब्याजदर विवाद उत्सर्गमा पुगेका बेला पुँजी बजारमा समस्या देखिएको हो ।

कुल १६१ कम्पनीको ८ लाख ७६ हजार २०८ कित्ता शेयर २३ करोड ४५ लाख ९४ हजार ३८१ मँल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकम पनि विगतको तुलनामा न्यँन नै हो ।

सोमबार कारोबार भएका उपसमँहमध्ये दुई उपसमँहबाहेक सबै घटेका छन् । यस दिन होटल उपमँह नौ दशमलव पाँच र उत्पादन उपसमँह शँन्य दशमलव २४ अंकले बढेका थिए । तर, बैंकिङ उपसमँह आठ दशमलव तीन, व्यापार उपसमँह चार दशमलव ७३, विकास बैंक उपसमँह ११ दशमलव २४, जलविद्युत् उपसमँह १२ दशमलव ५३, वित्त उपसमँह शँन्य दशमलव ३६, निर्जीवन बीमा उपसमँह १२ दशमलव ८८, अन्य समँह नौ दशमलव ६४, लघुवित्त उपसमँह ६ दशमलव ७४ र जीवन बीमा उपसमँह १९ दशमलव शँन्य आठ अंकले घटेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरूको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसँचक समेत पनि एक दशमलव आठ अंकले घटेर २३४ दशमलव ३६ अंकमा झरेको थियो ।

समग्र परिसँचक घटेको दिन चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले उच्च नाफा गरेका छन् । उक्त कम्पनीको शेयरमँल्य ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै हिमालयन ड्रिस्टिलरीको शेयर मँल्य ३ दशमलव ८३, नबिल बैंक (संस्थापक) शेयर मँल्य ३ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ ।

यता वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सिङ कम्पनीको शेयर मँल्य भने सबैभन्दा उच्च ९ दशमलव शँन्य ९ प्रतिशतले घटेको छ । त्यसबाहेक घलेम्दी हाइड्रोपावरको ६ दशमलव ६६, नयाँनेपाल लघुवित्त वित्तीय संस्थाको ५ दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्थाको ५ दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंकको ५ दशमलव ३३, अरुण काबेली हाइड्रोपावरको ४ दशमलव ५१ प्रतिशतले शेयर मँल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्