तिलोत्तमा गोल्डकप फूटबलः संकटालाई पछि पार्दै च्यासल अघिल्लो चरणमा



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ को राजधानी बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगितामा सिएमजी संकटालाई पछि पार्दै भ्याली च्यासल युथ क्लव अंघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा २ शुन्य गोल अन्तरले संकटालाई पछि पार्दै भ्याली च्यासल युथ क्लव अंघिल्लो चरणमा प्रदेश गरेको हो ।

कडा प्रतिस्पर्धाका बिच निर्धारित समयको पहिलो हाफमा गोल रहित बराबरीमा भएको खेलमा दोस्रो हाफको चौंथो मिनेटमा च्यासलका अर्मान्ड बेअडोमले पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै सातौं मिनेटमा सजिन थापा मगरको गोलले दोस्रो गोलले अंगाडी बढेको च्यासलको बिरुद्धमा संकटाले भने गोल फर्काउन सकेन ।

संकटाको डिफेन्स कडा हुँदाहुँदै पनि मिसपासका कारण पाएका राम्रा अवसरलाई समेत गुमाउनु परेको थियो । खेलमा दोस्रो हाफको सुरुवाती समयमै दुई गोलको सामना गरि दवावमा परेको संकटाले पटक पटक पाएका अवसर समेत गुमाउँदा शुन्यमै सिमित रहन पुग्यो ।
मंगलबार समुह ‘ख’बाट दोस्रो क्वाटर फाईनल दार्जिलिङ् युनाईटेड भारत र नेपाल पुलिस क्लवका बिच खेल हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्