छानी छानी पचास जनालाई जेल हाल्छु



–शैलेन्द्र सिंखडा (हास्यव्यङ्ग्य कवि)
मदन दाइ र हरि दाइको भागमा अन्तर्राष्ट्रिय एयरपोर्ट परेको छ।
धुर्मुस र सुन्तलीले क्रिकेट मैदान शुरू गरेका छन्।
धरहरा निर्माणमा सन्तोष दाइको भर पर्नू।
दीपक र दीपाले चाहिँ सुरुङमार्ग शुरू गर्नू।
किरण दाइ र शिवहरिजी फास्टट्र्याक निर्माणमा जाऊन्।
जितु र दमनले मेलाम्चीको पानी ल्याऊन्।
नागढुंगा–कलंकी सडक माग्ने र तक्मेको काम।
रानीपोखरी निर्माणमा मनोज गजुरेललाई लाम।
तँ के गर्छस् भन्नुहोला?
मलाइ यौटा जेल बनाउने काम दिनुस्, म पनि जिम्मा लिन्छु।
छानी छानी ५० जनालाई जेल हाल्छु, दश वर्ष देश चलाउने पैसा निकाल्दिन्छु।

प्रतिक्रिया दिनुहोस्