पाकिस्तानलाई चेतावनी



तेहरान (एजेन्सी)
इरानको रिभोलुसनरी गार्डसले आफना सैनिकहरुमाथि भएको आत्मघाती हमलाका षडयन्त्रकारीहरुलाई समर्थन गरेको पाकिस्तानमाथि आरोप लगाएको छ । गत बुधबार भएको उक्त हमलामा इरान रिभोलुसनरी गार्डसका २७ सैनिकको मृत्यु भएको थियो ।

जिहादी समुह जैश अल अदल संगठनलाई संकेत गर्दै पाकिस्तान सरकारलाई जिहादी र इस्लामका लागि खतरा बनेकाहरु कहाँ छन भन्ने थाहा भएको र उनीहरुलाई पाकिस्तानको सुरक्षा बलको समर्थन रहेको रिभोलुसनरी गार्डस कमान्डर मेजर जनरल मोहम्मद अली जाफरीले बताए । पाकिस्तानले यस कार्यका लागि नतिजा भोग्नु पर्ने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्