हजारौं अर्धनग्न जापानी पुरुषको भाग्यशाली बन्ने होडबाजी



टोक्यो ,(एजेन्सी)
जापानको एउटा प्राचिन पर्व मनाउने क्रममा झण्डै नाँगा हजारौं जापानी पुरुषले भाग्यशाली बन्ने लालासामा दुईवटा पत्रि लठी भेटाउन तँछाड मछाड गरेका छन् । सेतो कछाड मात्र बेरेका करिव १० हजार जापानी पुरुषले शनिवार ओकायामा शहर स्थित किन्र्योजान साइदाइजी बौद्ध मन्दिरमा आयोजित सो धार्मिक पर्वमा सहभागिता जनाएका हुन् ।

सहभागिहरुले भडिमा फ्याकिएका ति लठी खोज्नु अघि स्नान गरि चोखिएका थिए । करिव २० सेन्टिमिटर लामो ‘ सिन्गि ’ नामक ति लठाी भेटाउने व्यक्तिहरु वर्षभरि नै भाग्यमानी रहने विश्वास गरिन्छ ।

जापानी इतिहास अनुसार मुरोमाची कालमा शुरु भएको बताइएको यो साइदाइजी – एयो पर्वको यसपालि ५सय १० औं वार्षिकी मनाइएको हो । सिन्गि खोजनु अघि हजारौं सहभागी पुरुष योसी नदीको चिसो पानीमा स्नान गरी चोखिनु पर्ने परम्परा रहेको छ । त्यसपछि स्थानिय समय अनुसार बेलुकाको करिव दस बजे बत्तीहरु निभाइन्छन् ।

मन्दिरका मुख्य पुजारीले चार मिटर अग्लो उचाइृमा रहेको एउटा झ्यालबाट भिड तर्फ दुइवटा सिन्गि फ्याक्छन् । त्यसपछि करिव दुईघन्टा सम्म पुरुषहरु एकले अर्कालाई ठेल्दै सिन्गि खोज्न थाल्छन् । सिन्गिी भेटाउने दुईजना पुरुषलाई मन्दिर परिसरमा मुकुट पहिराएर भाग्यशाली विजेताकको रुपमा सम्मान गरिन्छ । सिन्गिले भाग्य ल्याउने लगायत यस पर्वलाई वर्षैभरि राम्रो वाली भित्राउने उर्वरता महोतसवको रुपमा पनि मनाइने गरिउको छ ।

यो हरेक वर्ष चान्दि«क नयाँ वर्षकोबेला मनाइने गरिन्छ । अन्य हजारौ मानिस सो मन्दिरमा लालटिन बाल्न र सिन्गिका लागि पुरुषहरुले गरेको प्रतिस्पर्धा हेर्न जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्