जातिय घृणा सह्य नहुने: राष्ट्रपति म्याक्रोँ



पेरिस,(एजेन्सी)
फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले आइतवार पेरिसमा सरकार विरुद्ध प्रदर्शनरत ‘ पहेँलो भेष्टधारी ’ समुहले एकजना प्रमुख बौद्धिक व्यक्तित्व माथि लक्षित जातीवादी उत्पीडनको कडा शब्दमा भत्सार्ना गरेका छन् ।

पेरिसमा प्रदर्शनकारीहरु चर्चित दार्शनिक एलेन फिन्किल्क्राउटलाई लगातार युहदी विरोधी अभिव्यक्ति दिँदै अपमान गर्न थालेपछि फे्रन्च प्रहरीले उनलाई विशेष सुरक्षा दिने पहल थालेको छ । राष्ट्रपति म्याक्रोँले अहिले म्म फ्रान्सलाई महान बनाइएको जातिय समानता र सम्मानमा आँच आउने खालको कुनै पनि गतिविधि कुनै पनि हालमा स्विकार्य नहुने प्रतित्रिया दिएका छन् ।

शनिवार सरकारको विरुद्ध आयोजित प्रदर्शनमा दसौं हजार व्यत्तिको सहभागिता रहेका ेथियो । लगातार विगत चौध साता देखि प्रदर्शनरत प्रदर्शनकारीलाई तितर वितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । केहि व्यक्तिले फिन्किलक्राउटलाई जथाभावी गाली गलौज गर्दै अपमान गरेपछि प्रहरीले हस्तषेप गरेको थियो ।

६९ वर्षि यहुदी प्राज्ञ तथा दार्शनिक फिन्किलक्राउटले आफुले पनि मानिसहरुले यहदी विरुद्ध अश्लिल शब्द प्रयोग गरेको सुनेको ले पेरिसियन अखवारलाई जानकारी गराएका छन् । उनले शनिवार नै राष्ट्रपति म्याक्रोँले आफुलाई टेलिफोन गरी ढाडस दिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्