चर्चा कृष्णलालको



‘दश झापाली बराबर एक स्याङ्जाली’ त्यसै भनिएको रैनछ । अहिले यो भनाई हुबहु मेल खाएको छ । एक स्याङजालीले सरकारको कार्यशैली आलोचना गर्दै गीत घन्काएसी झापालीले नेतृत्व ग¥या सरकार थरर भाछ । अल्पमतको सरकार भएनी थरर भयो भन्नु सरकार छ दुई तिहाई बहुमतको ।

अनि सरकारको कार्यशैली अचम्मैको छ । आफू मात्रै थरर हुने हैन, धेरैलाई थरर बनाउन लागि प¥या छ । सरकारको त सामान्य आलोचना गर्नै नहुने । पीएम ओलीदेखि उनको बोलीलाई बन्दुकको गोली सम्झनुपर्छ भन्ने अनि आफूलाई नेकपाका अग्र्यानिक उत्पादन भन्न रुचाउनेहरु राणा शासनको झल्को दोहो¥याउन लाग्या हुन् कि भन्ने चर्चा शहर बजारमा खुब चल्या छ ।

ऊ बेला राणाकालमा सुब्बा कृष्णलालले ‘मकैको खेती’ नामको पुस्तक लेख्दा राणाज्यूहरलाई तिरिमिरी झ्¥याईँ भा थ्यो रे । मकैमा लाग्ने राता टाउके र काला टाउके किराबारे पुस्तकमा उल्लेख भएको प्रसङलाई अपव्याख्या गर्दै छुलियाहरले श्री ३ हरको कान फुक्दा कृष्णलाललाई काराबास सजाय सुनाइएको र काराबासमै उनको मृत्यु भएको चर्चा पुराना पुस्तामाझ अझै ताजै छ ।

अहिले सरकारको कार्यशैली नियाल्दा धेरैमाथि कृष्णलाल काण्ड दोहोरिने हो कि भन्ने चर्चा धरहरा वरिपरि बाक्लै सुनिन थाल्या छ ।

प्रतिक्रिया दिनुहोस्