नेकपाको सचिवालय बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । एकता प्रक्रियाको टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो ।

बैठक साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । एकताका निम्ति गठन गरिएको कार्यदलले अधुरो प्रतिवेदन बुझाएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जुटाउन बैठक बोलाउनु भएको हो ।

अध्यक्षद्वयले आफैँले एकताको प्रस्ताव तयार पारी हिजो केही नेतालाई बोलाएर बालुवाटारमा छलफल समेत भएको थियो । हिजोको छलफलमा कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव बिष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो । अध्यक्षद्वयले माघ २७ गतेदेखि नै तल्लो तह र जनवर्गाीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल गर्नुभएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि मात्रै नयाँ प्रक्रियाको थालनी हुनेछ । पार्टी एकता भएको ९ महिना बित्नै लाग्दा समेत नेकपाको एकता नहुँदा नेता कार्यकर्ता जिम्मेवारी बिमुख भएका छन् ।

प्रतिक्रिया दिनुहोस्