ठमेल यूनाइटेडलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको तेस्रो कुँवर व्रर्दश एण्ड सन्स राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५ को उपाधि काठमान्डौको ठमेल यूनाइटेडले उचाल्न सफल भएको छ ।

आइतबार पोखरामा सम्पन्न फाइनलमा ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै लगातार तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि विजेता ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ प्राप्त गरे ।
प्रतियोगितामा कास्की जिल्ला बास्केटबल संघका खेलाडी रबिन साही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोकर्ता हुँदै विशेष ट्रफी प्राप्त गरे ।

यस्तै नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवंम् नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुनलाई पनि सम्मान गरियो । ४० वर्ष नाघेका खेलाडी रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्