नेप्सेले अन्तिममा घटेर बन्द



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सामान्य अंकले घटेको छ । साताको पहिलो दिन कारोबार शुरु हुने बित्तिकै वृद्धि भएको नेप्से परिसँचक अन्ततः गिरावट आएको छ ।

आइतबार नेप्से परिसँचक ३ दशमलव १५ अंकले घटेर ११०९ दशमलव ७२ अंकमा झरेको छ । कुल १७३ कम्पनीको ८ लाख २८ हजार ८५३ कित्ता शेयर २१ करोड ७ लाख ३२ हजार १४७ मँल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

यस दिन कारोबार भएका ११ उपसमँहमध्ये तीन उपसमँहको शेयर बढेको छ । बढ्नेमा होटल उपसमँहको ५ दशमलव ५, विकास बैंक उपसमँहको ३ दशमलव ६८ र उत्पादन उपसमँहको ६ दशमलव २५ अंकले बढेको छ ।

यस्तै बैंकिङ उपसमँह शँन्य दशमलव ९२, व्यापार उपसमँ ४ दशमलव १४, जलविद्युत् उपसमँह ८ दशमलव ३४, वित्त उपसमँह १ दशमलव ३६, निर्जीवन बीमा ९ दशमलव शँन्य ५, अन्य ७ दशमलव ७८, लघुवित्त उपसमँह १ दशमलव ६६ र जीवन बीमा ५३ दशमलव ७५ अंकले घटेको छ ।

समग्र परिसँचक घटे पनि आइतबार चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै एक्सेल डेभलपमेन्ट बैंक ५ दशकलव ३६, पञ्चकन्या माई हाइड्रोपावर ३ दशमलव ८१, मिर्मिरे लघुवित्त वित्तीय संस्था २ दशमलव ९३ र नबिल इक्विटी फण्डका लगानीकर्ताले २ दशमलव ८० प्रतिशतले कमाएका छन् ।

तर, कञ्चन डेभलपमेन्ट बैंक ६ दशमलव ८३, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ५ दशमलव २६, अरुण काबेली पावर ४ दशमलव ९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव ५५, ङादी समँह ४ दशमलव १६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव १६ गुमाएका छन् ।

आइतबार ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि शँन्य दशलव ७६ अंकले घटेर २३६ दशमलव १६ अंकमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्