सेञ्चुरी बैंकद्वारा आंँखा शिविरलाई सहयोग



काठमाडौं, (नेस)
नेपाल आंँखा अस्पताल त्रिपुरेश्वरद्वारा सर्लाहीको भगवतीपुर तथा मंलगवामा आयोजित ८ दिने आंँखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपियाँको आर्थिक सहयोग गरेको छ ।

डा. इन्दुप्रसाद ढुंगेलको संयोजकमा उक्त शिविरमा करिब १८ सय जनाको साधारण चेकअप र १६४ जनाको मोतिविन्दँको शल्यक्रिया भएको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्